Comments Add Comment

सचिवालय भन्छः विमानमा मन्त्री भट्टराईमाथि दुर्व्यवहार भयो

२९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जमा जहाजभित्र दुर्व्यवहार भएको उनको सचिवालयले बताएको छ ।

मन्त्री भट्टराईलाई पर्खिँदा विमान होल्ड भएपछि विमानमा रहेका ज्ञानेन्द्र शाहीको समूहले विरोध गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्रीमाथि गालीगलौज समेत गरे ।

मन्त्री भट्टराईले पनि आफ्ना कारण करिव १५ मिनेट उडान ढिलो भएको स्वीकार गर्दै यात्रुलाई परेको असुविधाप्रति क्षमा मागेका छन् । शाहीको समूहले व्यक्त गरेको विचारप्रति भने भट्टराईको सचिवालयले गम्भिर आपत्ति जनाएको छ ।

‘जनताप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ गरिएका खबरदारीको हामी सदैब सम्मान गर्दछौं । तर, उक्त समूहले जहाजभित्र माननीय मन्त्रीज्यूप्रति गरेको दुर्व्यवहार र अपशब्द खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिको रहेको हाम्रो ठहर छ’ सचिवालयले भनेको छ, ‘यो नियोजित घटनाको हामी भत्र्सना गर्दछौं ।’

यो पनि पढ्नुहोस वायुसेवा संघले भन्यो : मन्त्री भट्टराईमाथिको अभद्र व्यवहार दु:खद्

यो समूहले पछिल्लो समय व्यक्त गर्दै आएको विचारपछि जानकार रहेको भन्दै मन्त्री भट्टराईको सचिवालयले ‘अभिव्यक्ति स्वतन्त्रताको नाममा यो समूहले व्यक्त गरिरहेका विचार निकृष्ट मात्रै होइन हाम्रो संस्कृति र सभ्यता बिरोधी समेत छन्’ भनेको छ । संहासन गुमेपछि बिक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ले संविधान बिरोधी हर्कत गरिरहेको भन्दै मन्त्रीको सचिवालयले यसप्रति सचेत रहन लोकतान्त्रिक शक्तिहरुलाई अपील समेत गरेको छ ।

यो पनि पढ्नुहोस जहाजभित्र हुलहुज्जत कानूनद्वारा बर्जित कार्य

अनर्गल प्रचारको जवाफ दिँदै मदन भण्डारीले ‘दुनियाँमा पुँजीवादी स्यालहरूको कमी छैन । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्तै गर्छ, हात्ती लम्कँदै गर्छ’ भनेको स्मरण गर्दै मन्त्री भट्टराईको सचिवालयको विज्ञप्तिमा भनिएको छ, सतिसाल जस्तै देश र जनताको पक्षमा ठिङ्ग उभिरहने प्रण गर्दछौं ।’

यो पनि पढ्नुहोस नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि गालीगलौज यो पनि पढ्नुहोस मन्त्री भट्टराईको ढिलाइ एक घन्टा कि १५ मिनेट ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment