१३ असोज, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले संसद्मा आफ्नो पार्टीले उठाएका सात विषयमा कहिले जवाफ आउँछ भनेर प्रधानमन्त्री वालेन्द्र शाहलाई सोधेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले पार्टीको तर्फबाट सोमबार सात वटा विषय राखेका थिए । मंगलबार ती विषयमा कहिले जवाफ आउँछ भनेर प्रश्न दोहोर्याएका हुन् ।
‘मैले सदनमा सभामुखमार्फत हिजो सरकारलाई सरकार प्रमुखले दिनुपर्ने जिम्मेवारी कहिले पूरा हुन्छ भनेर अनुरोध गरेको थिएँ । मुख्य कुरा यही छ,’ मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उनले भने ।
सांसद राईले लामो समयदेखि संसद्ले प्रधानमन्त्रीको जवाफ खोजेर बसेको बताएका छन् ।
भदौ १० गतेको विनाशकारी बाढीको विषयमा सरकारले के कसो गरिरहेको छ भनेर पनि उनले जवाफ खोजेका छन् ।
सांसद राईले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको, भरत दाहाल पक्राउ परेको र आत्मदाहको घटना किन भइरहेको छ भनेर पनि सरकारलाई सोधेका छन् ।
प्रतिक्रिया 4