+
+

वायुसेवा संघले भन्यो : मन्त्री भट्टराईमाथिको अभद्र व्यवहार दु:खद्

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २९ गते १८:४२

२९ भदौ, काठमाडौं । वायुसेवा संचालक संघ (आयोन) ले नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि भएको अभद्र व्यवहार दु:खद् भएको बताएको छ ।

मन्त्रीको व्यस्त कार्यक्रमका कारण केही समय उडान ढिला भएको विषयलाई लिएर भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘वायुयानभित्र शान्ति सुव्यवस्था र अनुशासन कायम राख्नु उडान सुरक्षा र हवाई सुरक्षा पक्षका लागि अपरिहार्य हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो शान्ती सुरक्षा र अनुशासन कायम राख्नु सम्पूर्ण यात्रुको दायित्व हो ।’

अन्तर्राष्ट्रिय मूल्य–मान्यता तथा मुलुक भित्रकै नागरिक उड्डयन सुरक्षा नियमावलीले समेत समेटेको विषय र यसको प्रतिकुल हुने व्यवहार नियन्त्रण गर्न कानूनी व्यवस्था समेत रहेको समेत आयोनले स्मरण गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?