+
+
Shares

क्रिकेट संघको विवादमा नयाँ सहमति, असोज दोस्रो साता चुनाव

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३० गते १२:३४

३० भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा एक साता पछाडि सरेको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का उपाध्यक्ष इमरान ख्वाजा र अमर शेख र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालबीच सोमबार काठमाडौंमा भएको वार्तामा नयाँ सहमति जुटेको हो ।

अब असोज १० र ११ मा विशेष साधारणसभा हुनेछ, जसले क्रिकेट संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

यसअघि स्वतन्त्र टोलीले ३ र ४ गतेका लागि विशेष साधारणसभा बोलाएको थियो ।

तर राखेपले आफूसँग अनुमति नलिएको, २१ दिन म्याद नदिएको र निर्वाचन समिति आफूले बनाउनुपर्ने भन्दै अधिवेशन रोक्न निर्देशन दिएको थियो । समाधानको संघारमा पुगेको विवाद बल्भिmने अवस्था आएपछि आईसीसीका उपाध्यक्ष ख्वाजा र स्वतन्त्र टोलीमा रहेका शेख नेपाल आएका थिए ।

सहमतिअनुसार अब स्वतन्त्र टोलीले क्रिकेट संघको साधारणसभा गर्न राखेपसँग अनुमति माग्नेछ ।

यो प्रक्रिया पुरा भएपछि साधारणसभा बोलाएको सार्वजनिक सूचना जारी हुनेछ । निर्वाचन भने आईसीसी प्रतिनिधि समेत रहेको स्वतन्त्र टोलीले नै गराउनेछ ।

निलम्बन फुकुवा हुन्छः सिलवाल

आईसीसीसँग भएको सहमतिपछि राखेप सदस्य सचिव सिलवालले अक्टोबरमा बस्ने आईसीसी बोर्ड बैठकले नेपालको निलम्बन फुकवा गर्ने दाबी गरे ।

आईसीसीको बोर्ड बैठक १३ अक्टोबरमा बस्नेछ । सदस्य सचिव सिलवालले भनेका छन्, ‘क्यान निलम्बनको फुकुवाबारे छलफल भएको छ । उहाँहरु सकारात्मक हुनुहुन्छ । म आशावादी छु यहिबाट क्यानको फुकुवा हुनेछ र नेपाली क्रिकेटले निकास पाउनेछ ।’

नेपाली क्रिकेटको ग्रास रुटदेखि विकास गर्न आईसीसीसँग छलफल गरेको पनि राखेप सदस्य सचिव सिलवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?