+
+

भक्तपुर अपडेटः मध्यपुरथिमिको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस अगाडि

८ नम्बर वडामा मजदुर किसान पार्टी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ८ गते ८:०६

८ जेठ, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–८ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार देवकृष्ण मथः श्रेष्ठ विजयी भएका हुन् ।

श्रेष्ठले एक हजार ४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलकृष्ण प्रजापतिले ९९२ मत प्राप्त गरेका थिए । त्यसैगरी, महिला वडा सदस्यमा नेपाली काँग्रेसकी रमिता जिमा (साय श्रेष्ठ), दलित महिला सदस्यमा एमालेकी मन्दिरा थापा नेपाली, सदस्यमा नेपाली काँग्रेसका दिपेन धिके र अर्का सदस्यमा नेमकिपाका रमेश थापा श्रेष्ठ विजयी भएका छन् ।

मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठ १३ हजार ८६ मतका साथ अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अष्ट कवेँ नौ हजार ८९१ मतले पछाडि छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार अञ्जना मधिकर्मी नौ हजार ९२९ मतका साथ अग्रस्थानमा छिन् । नेमकिपाका उम्मेदवार केदार खड्का सात हजार ३५६ मतका साथ पछाडि छन् ।

मध्यपुरथिमि नगरपालिका–९ को मतगणना सुरु भएको छ भने आज रातिसम्ममा अन्तिम परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?