नेपाली चलचित्रकी सुन्दरी नायिका एवं नयाँ शक्ति नेपालकी केन्द्रिय सदस्य करिश्मा मानन्धरले आफ्ना श्रीमान् विनोद मानन्धरका कारण अहिलेको स्थानिय निर्वाचनमा मतदान गर्न नपाएको बताएकी छिन् । चलचित्र पत्रकार संघ, दाङले आइतबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा नायिका मानन्धरले भनिन्-‘मलाई धेरै दुःख लागेको छ ।
स्थानिय तहको निर्वाचनमा भोट हाल्न नपाउँदा मताधिकार प्रयोग गर्न पाइनँ । मेरो विनोद लोग्ने होइनन्, साथी मात्र हुन् । तर, सबै कुरामा उनीमाथि भरपर्दा मैले धोका पाएँ । फेसबुकमा लेखेर उनलाई सचेत गराएकी हुँ ।
करिश्माले प्रेस सोसाइटी नेपालले घोराहीमा आयोजना गरेको कार्यक्रममा भनिन्-‘उनी मेरो होस्टेल वार्डेन हुन् । मैले चढ्ने कार पनि उनले नै सर्भिस गर्छन् ।’ यस्तै, तुलसीपुरमा आयोजित पत्रकार भेटघाटमा उनलाई संचारकर्मीले आफ्नो मतदाता नामाबली कहाँ छ भन्ने जानकारी लिनु तपाइको दायित्व होइन भनेर सोधेका थिए । जहाँ, उनले भनिन्-‘बिहे भएको २७ बर्ष भयो । चार बर्ष अमेरिका बसेर म नेपाल फर्किएकी हुँ । तर, मेरा पतिले मलाई बच्चा जस्तो व्यवहार देखाएछन्, उनलाई डर देखाउनका लागि मैले फेसबुकमा लेखेकी हुँ । उनी साह्रै डराएका छन् ।’
यस्तै, करिश्माले स्थानिय तहको निर्वाचनमा पार्टीको नजिषा सन्तोषजनक भएको समेत बताइन् । उनले भनिन्-‘मुलकुको वैकल्पिक शक्तिको रुपमा नयाँ शक्तिको उदय चाडै नै हुनेछ । राजनीतिमा चलचित्रका नायिकाहरु आउनेक्रम बढेपछि यसतर्फ आकर्षण बढेको उनको भनाई छ ।
प्रतिक्रिया 4