Comments Add Comment

युटुबमा हिट ‘द कार्टुन्ज क्रु’ का सदस्य अब ‘हाम्रो हाइस्कूल’मा


तपाइले यदि युटुबमा नेपाली चलचित्रका विभिन्न गीतहरुको कभर भिडियो हेर्नु भएको छ भने, यस्तो भिडियो निर्माणमा एउटा ग्रुप निकै चर्चित छ ।

‘द कार्टुन्ज क्रु’ नामबाट चर्चित यो ग्रुपले तयार पारेका चलचित्रका कभर भिडियो सो चलचित्रका भिडियो भन्दा बढीले हेर्ने गरेका छन् । युटुबमा हिट बनेको यो समूहलाई अब म्यूजिक भिडियो निर्देशक नितिन चन्दले वेभ सिरिजमार्फत दर्शकमाझ ल्याउने भएका छन् ।

काठमाण्डौमा आज आयोजना गरिएको कार्यक्रममा ‘हाम्रो हाइस्कुल’ नामक वेभ सिरिजको ट्रेलर सार्वजनिक गरियो । सो समारोहमा सिरिजका सम्पूर्ण कलाकारको उपस्थिती थियो । उनीहरुले, नयाँ तरिकाले दर्शकमाझ आउन पाउँदा खुशी लागेको बताए । कार्यक्रममा सिरिजकी कलाकार आश्माले आफू यसमा घमण्डी केटीको भूमिकामा देखिने बताइन् ।

यस्तै, सो कार्यक्रममा ‘योर स्टाइल आइकन’ पनि घोषणा गरियो । ‘योर स्टाइकल आइकन’बाट नायक पल शाह, नायिकाहरु आँचल शर्मा, बर्षा राउत, मरिष्का पोखरेल, स्वस्तिमा खड्कालाई सम्मानित गरियो । यस्तै, मोडल एलिसा राई, आमिर शेख, अमृत ढुंगाना, कलाकार प्रज्वल सुजल गिरी पनि ‘योर स्टाइल आइकन’बाट सम्मानित भएका थिए । हाल ‘योर स्टाइल’ले निर्माण गरिरहेको सिरियल ‘रङ टाइम’की कलाकार आश्मा गिरीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment