+
+
Shares

भरतपुर महानगरपालिकामा माओवादीले खाता खोल्यो, १३ नम्बर वडा अध्यक्षमा दवाडी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १० गते ०:५५


९ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । महानगरपालिकाको १३ नम्बर वडा जित्दै माओवादीले खाता खोलेको हो ।

अध्यक्षका माओवादी उम्मेदवार प्रकाश दवाडीले एमाले उम्मेदवार रामजी प्रसाद सापकोटालाई ३८५ मतअन्तरले हराए । १३ नम्बर वडामा माओवादीको पूरै प्यानल विजयी भएको छ ।

भरतपुर महानगरपालिकाको १३ नम्बर वडामा गंगानगर, ब्रह्मपुरी, पृथ्वीनगर, चम्पानगर र उज्वलनगर पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?