Comments Add Comment

संसद् बैठक सूचना टाँसेर स्थगित

१० जेठ, काठमाडौं । व्यपस्थापिका संसदको बैठक आज बुधबार पनि सूचना टाँसेर स्थगित भएको छ ।

संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारीका साथ प्रधानमन्त्री प्रचण्ड संसद पुगेका थिए । तर, तीन दलबीच सदन सुचारु गर्नेबारे सहमति जुट्न सकेन ।

प्रधानमन्त्री प्रचण्डले तीन दलको बैठक बोलाएपनि एमाले अध्यक्ष केपी ओली सहभागी भएनन् । प्रमुख विपक्षी एमालेले स्थानीय तहको संख्या बृद्धिको विरोध गरेको छ र यो निर्णय फिर्ता नभएसम्म संसद चल्न नदिने बताएको छ ।

एमालेको चेतावनीपछि मंगलबारको संसद बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

संसदको अर्को बैठक भोलि अपराहृन ४ बजेका लागि बोलाइएको छ । भोलि संसदमा राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment