+
+

जनकपुरलाई महानगरपालिका बनाउन माग गर्दै प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १२ गते १८:४०

१२ जेठ,जनकपुर । जनकपुरलाई महानगरपालिका बनाउन माग गर्दै नेकपा एमालेले शुक्रवार जनकपुरमा प्रदर्शन गरेको छ ।

एमाले धनुषा जिल्ला कमिटीको आह्वानमा जनकपुरलाई महानगर बनाउन माग गर्दै जुलुस प्रदर्शन भएको हो ।

जुलुसको नेतृत्व केन्द्रीय सदस्य जुलीकुमारी महतो,जिल्ला अध्यक्ष राजकिशोर यादव लगायलते गरेका थिए ।

एमालेले रघुनाथपुपरलाई गाउँपालिकानै कायम गर्न भनी स्थानीय जनताले गरेको मागमा ऐक्यबद्धता प्रकट गरेको प्रदर्शनपछि युवा संघका सचिवालय सदस्य सन्जिकुमार झाले बताए ।

रघुनाथपुरलाई कांग्रेसको अनुकुलताका लागि तोडफोड गरिएको भन्दै त्यहाँ आन्दोलन भइरहेको छ ।

एमालेले स्थानीय तह बढाउन आवश्यक नरहेको र बढाउनेनै हो भने जनकपुरलाई उपमहानगरपालिका बनाउनुपर्ने माग राखेको उनले बताए ।

प्रदर्शनपछि आयोजित सभालाई एमाले नेताहरु श्रीप्रसाद साह,जुलीकुमारी महतो,राजकिशोर यादव लगायतले सम्बोधन गरेका थिए ।

एमालेले प्रमुख जिल्ला अधिकारी मार्फत जनकपुरलाई महानगर बनाउन सरकार समक्ष ज्ञापनपत्र समेत बुझाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?