Comments Add Comment

भैरहवामा राजपाको लाठी जुलुस

१४ जेठ, भैरहवा । राष्ट्रिय जनता पार्टी नेपालले (राजपा) भैरहवामा लाठी जुलुस निकालेको छ ।

सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन गराउन लागेको विरोधमा राजपाले पूर्व निर्धारित कार्यक्रम अनुसार लाठी जुलुस निकालेको हो ।

राजपाको पार्टी कार्यालयबाट निकालिएको जुलुस कालिका पथ, बैंकरोड हुँदै मिलन चोक पुगेको थियो । मिलन चोकमा पुग्ने क्रममा प्रहरीले पार्टीका नेता, कार्यकर्ताको लाठी खोसेको थियो ।

प्रहरीले लाठी खोस्ने क्रममा कार्यकर्ताले बोकेको पार्टीको झण्डा च्यातिएपछि प्रहरी र कार्यकताबीच समान्य विवाद भएको थियो ।

झण्डा च्यातिएको विरोधमा राजपा जिल्ला कार्य समिती रुपन्देहीले प्रेस विज्ञप्ती जारी गर्दै घटनाको भर्त्सना गरेको छ । र, साथै झण्डा च्यात्ने प्रहरी माथि राजपाले कार्यवाहीको माग गरेको छ ।

राजपाका नेता ओमप्रकाश यादव (गुल्जारी) ले मधेसी जनताको माग पूरा नगरी स्थनीय तहको निर्वाचन गराउन खोजिएको भन्दै आक्रोश ब्याक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment