Comments Add Comment

काठमाडौंको विद्युत वितरण प्रणाली भूमिगत गरिने, उर्जा क्षेत्रलाई ६२ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको विद्युत प्रणालीलाई भूमिगत अर्थात अण्डर ग्राउण्ड गर्ने घोषणा गरेको छ । आज ब्यवस्थापिका संसदमा सरकारका तर्फबाट प्रस्तत भएको आगामी वर्षको बजेटमा यो विषय उल्लेख छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले विभिन्न प्रशारणलाइनका लागि बजेट विनियोजन गरेका छन् । प्रशारणलाइनसहित  विभिन्न उर्जा क्षेत्रका अायोजनाका लागि ६२ अर्ब ४७ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

दुहबी-हैटौंडा प्रशारणलाइनलाई अब ४ सय केभी क्षमतामा विस्तार गरिने भएको छ । यसका लागि २ वर्ष लाग्ने भएको छ ।

विजुली उत्पादनको कुल क्षमता अध्ययन गर्ने कामलाई निरन्तरता दिइनेछ । ४ सय केभीको बुटवल-जयनगर प्रशारणलाइन का लागि आवश्यक बजेट छुट्याइएको छ ।

ढल्केबर-मुजफफ््पुर प्रशारण लाइनलाई ४ सय केभीमा चार्ज गर्न आवश्यक बजेट पनि बिनियोजन गरिएको महराले जाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment