+
+
Shares

कावुल आक्रमण- मृतकको संख्या ८० पुग्यो, ३५० बढी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १७ गते १५:२०

१७ जेठ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित अति संवेदनशील कूटनीतिक क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा परि मृत्यु हुनेको संख्या ८० पुगेको छ । घटनामा कम्तिमा ३ सय ५० जना घाइते भएका छन् ।

राष्ट्रपति भवन नजिकै, कुटनीतिक नियोगका कार्यालयहरु रहने स्थानमा बिहानको ब्यस्त समयमा बमहरुले भरिएको एउटा कार बिष्फोट गराइएको काबुलका अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बिष्फोट जर्मन दूतावासनजिकै गराइएको थियो । त्यस क्षेत्रका सबैजसो भौतिक संरचनामा बिष्फोटले क्षति पुर्‍याएको बताइएको छ । बिष्फोटस्थलबाट डेढ किलोमिटर टाढा रहेको भारतीय दूतावासमा समेत क्षति पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तालीवानले बिष्फोटको जिम्मेबारी लिन अस्वीकार गरेको छ भने इस्लामिक स्टेटका तर्फबाट घटनाबारे कुनै प्रतिक्रिया आएको छैन ।

दुर्घटनामा धेरैजसो अफगानी नागरिक मारिएका छन् । त्यस्तै बिदेशी कूटनीतिक नियोगका कर्मचारीहरु पनि बिष्फोटमा परेको बताइएको छ । तर अहिलेसम्म कुन देशका कति नागरिक हताहती भएको विवरण आइसकेको छैन ।

जर्मन बिदेशमन्त्री सिगमार ग्याबि्रयलले दूतावासका कर्मचारीहरु घाइते भएको र एकजना अफगानी सुरक्षागार्डको मृत्यु भएको पुष्टि गरेका छन् । फ्रान्सेली अधिकारीले पनि आफ्नो दूतावासमा ठूलो क्षति पुगेको तर कूटनीतिज्ञहरुको हताहतीबारे जानकारी नभएको बताएका छन् ।

बेलायती र भारतीय अधिकारीहरुले आफ्ना कूटनीतिज्ञहरु सुरक्षित रहेको जनाएको छ । त्यस्तै जापानले आफ्ना दुई कूटनीतिज्ञ घाइते भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?