१८ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनका कारण प्रभावित बनेको पुनर्निर्माणको काम सुरु भएको छ । निर्वाचनको माहोल घट्दै गएपछि भूकम्पपीडितहरु पुनर्निर्माणमा पूर्ववत्झै जुटेका छन् । पीडितहरु पुनर्निर्माणमा जुटिरहँदा भवनसंहिताको पालना भने हुन सकेको छैन ।
हालसम्म जति पनि घर संरचना पुनर्निर्माण भएका छन्, तीमध्ये २५ प्रतिशतभन्दा बढीले भवनसंहिता पालना नगरेको सरकारी तथ्यांक छ । अनुदानको पहिलो किस्ता लिएर काम सम्पन्न गरेकाहरुमध्ये २५ प्रतिशत हाराहारीले भवनसंहिता पालना नगरेको जिल्ला आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ ।
अनुदान सम्झौता भएका ७४ हजार ९ सय २४ लाभग्राहीमध्ये ७४ हजार ९ सय १२ को बैंक खातामा पहिलो किस्ता निकासा भइसकेको छ । लाभग्राहीको बैंक खातामा पहिलो किस्ता निकासा भइसके पनि पुनर्निर्माणमा तीव्रता देखिएको छैन । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4