Comments Add Comment

देउवा सरकारमा अर्थ कांग्रेसलाई, गृह मन्त्रालय माओवादीलाई

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बन्ने नयाँ सरकारमा गृह मन्त्रालय माओवादी केन्द्रले लिने भएको छ । अर्थ मन्त्रालय कांग्रेसले राख्नेछ भने अन्य मन्त्रालयको भागवण्डा हुन बाँकी छ ।

सम्भवतः आज बिहीबार राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदलाई आह्वान गर्नेछिन् । लगत्तै संसदले आफ्नो प्रक्रिया थाल्नेछ ।

यदि भरतपुर काण्डलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेर भने २१ गतेसम्म प्रधानमन्त्रीको चुनाव गरिसक्ने सत्तारुढ दलको तयारी छ ।

माओवादीले पूर्वसहमति अनुसार प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने बताइसकेको छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पनि देउवा सरकारमा रहनेछ भने राप्रपा सकारात्मक देखिएको छ ।

मन्त्रालय भागवण्डाबारे भने सहमति जुट्न बाँकी छ । तर, गृह माओवादीले र अर्थ कांग्रेसले राख्ने पूर्व सहमति कार्यान्वयन हुने नेताहरुले बताएका छन् ।

कांग्रेस नेता रमेश लेखकले अर्थ र गृहबारे सहमति भइसकेको अनलाइनखबरलाई बताए ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले अर्थ प्रधानमन्त्रीको दलले र गृह प्रमुख सत्ता साझेदार दलले लिने पूर्व सहमति नै भएको बताए ।

प्रचण्ड सरकारमा अर्थ मन्त्रालय माओवादीले राखेको थियो भने गृह कांग्रेसले पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment