+
+

पत्रपत्रिकाका फ्रन्टपेजः प्रधानमन्त्री निर्वाचन भोलि, शेरबहादुर र वामदेव भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २० गते ८:१८

२० जेठ, काठमाडौं । व्यवस्थापिका संसद सचिवालयले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचनको कार्यतालिका प्रकाशन गरेको विषयलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । पत्रिपत्रिकाहरुले कार्यतालिका अनुसार प्रधानमन्त्री चयनका लागि शनिबार मनोनयन हुने उल्लेख गर्दै कांग्रेस–माओवादी गठबन्धनको उम्मेदवार देउवा हुने लेखेका छन् । एमालेका सम्भावित प्रधानमन्त्री उम्मेदवार वामदेव गौतम भएको पत्रपत्रिकाले लेखेका छन् ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा पक्राउ परेको खबरलाई पनि पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएर छापेका छन् ।

प्रधानमन्त्री चुनावको कार्यतालिका प्रकाशन भएको विषयलाई गोरखापत्र दैनिकले मुख्य समाचार बनाएर छापेको छ । गोरखापत्रमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा पक्राउ परेकोदेखि पहिलो स्थानीय तह निर्वाचनबाट ३८ प्रतिशत महिला जनप्रतिनिधि चुनिएको सम्मका खबर छन् ।
अन्नपूर्णले पनि प्रधानमन्त्री चयन प्रक्रियाको विषयलाई नै मुख्य खबर बनाएर लेखेको छ ।

जिल्ला समन्वय समिति निर्वाचनलाई मुख्य खबर बनाएर छापेको नयाँ पत्रिका दैनिकले धेरै दलको समर्थन जुटाउने प्रयासमा कांग्रेस सभापति शेरबहादुर देउवा लागेको लेखेको छ ।
नागरिक दैनिकले मधेसका नागरिक मतदान गर्न आतुर रहेको सामग्रीलाई प्राथमिकताका साथ छापेको छ । नागरिकले घरमै रहेका प्रहरीका पूर्व तीन महानिरीक्षक अझै पक्राउ नपरेको जनाएको छ ।

कान्तिपुरले चूडामणि शर्मा पक्राउ र निर्वाचन प्रक्रियाबारे लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?