Comments Add Comment

नयाँ प्रधानमन्त्रीको मनोनय दर्ता आज, शेरबहादुर र वामदेव भिड्ने

२० जेठ, काठमाडौं । व्यवस्थापिका संसदले प्रधानमन्त्री छनोट प्रक्रिया अघि बढाएको छ । सहमतीय सरकार निर्माणको प्रयास असफल भएपछि संसद सचिवालयले कार्यतालिका सार्वजनिक गर्दै प्रक्रिया अघि बढाएको हो ।

सभामुख ओनसरी घर्तीमगरले शुक्रबार ठूला दलका प्रमुख सचेतक र दोस्रो तहका नेताहरुसँगको परामर्शपछि निर्वाचन कार्यतालिका प्रकाशन गर्न सचिवालयलाई निर्देशन दिएकी थिइन् । सभामुखको निर्देशन अनुसार सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार शनिबार उम्मेदवार मनोनयन र आइतबार निर्वाचन हुँदैछ ।

शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म प्रधानमन्त्रीको मनोनयनका लागि उम्मेदवारी दर्ता गर्ने समय संसद सचिवालयले दिएको छ ।

उम्मेदवारको नामावली शनिबार साँझ ४ बजेपछि प्रकाशन गर्ने संसद सचिवालयको तयारी छ ।

नयाँ प्रधानमन्त्रीको निर्वाचन आइतबार बिहान ११ बजेका लागि तय गरिएको छ ।

शेरबहादुर र वामदेव भिड्ने संकेत

सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको एक हप्ताको समयमा सहमति नजुटेपछि सरकार गठन बुहमतीय प्रक्रियामा प्रवेश गरेको हो ।

प्रधानमन्त्रीका लागि कांग्रेस–माओवादी गठबन्धनले शेरबहादुर देउवालाई अघि सार्ने तयारी गरेका छन् । देउवालाई अन्य साना पार्टीको समेत साथ रहेको छ ।

एमालेबाट भने उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चर्चा छ । यद्यपि, एमालेले यसबारे औपचारिक निर्णय लिइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment