Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः अन्योलमा प्रधानमन्त्री निर्वाचन

२१ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको पुनः मतगणनाको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको एमालेका कारण नयाँ प्रधानमन्त्रीको निर्वाचन अन्योलमा परेको छ । आज प्रकाशित पत्रपत्रिकाहरुले प्रधानमन्त्री निर्वाचनबारे लेखेका छन् । निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा पुनः मतदान गराउने भनेर गरेको निर्णयलाई पनि पत्रपत्रिकाहरुले विभिन्न कोणबाट छापेका छन् ।

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको खबरलाई गोरखापत्रले मुख्य खबर बनाएर छापेको छ । भरतपुर–१९ मा पुनः मतदान हुनेदेखि एमालेले संसद् अवरोध गर्ने तयारी गरेकोसम्मका खबर गोरखापत्रको पहिलो पृष्ठमा अटाएको छ ।

एमाले अवरोधले प्रधानमन्त्री निर्वाचन प्रक्रिया अनिश्चित बनेको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ । पति नै नभेटी युवती विधवा बनेको र उनले ९० लाख क्षतिपूर्ति पाएको रुपन्देहीको खबरलाई अन्नपूर्णले पहिलो पृष्ठमा छापेको छ ।

कान्तिपुरले प्रधानमन्त्री निर्वाचनमा देउवाको मात्रै उम्मेदवारी परेको र भरतपुरमा पुनः मतदान हुन लागेको लेखेको छ ।

नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री निर्वाचनबारे लेखेको छ । ११ जिल्लाका सीडीओ सरुवा खबर पनि नयाँ पत्रिकामा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment