
२१ जेठ, काभ्रे । जिल्लाको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा २६ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट यात्रु लिएर जिल्लाको कार्तिके देउराली जाँदै गरेको बा २ ख ६४४१ नम्बरको बस अनियन्त्रित भएर अरनिको राजमार्ग सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
घाइते भएका अधिकांशको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । सो गाडीमा करिब ४५ जना यात्रु सवार थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4