+
+

रोल्पामा राधिकाका यस्ता छन् चुनावी प्रतिस्पर्धी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २१ गते ११:०८

२१ जेठ, रोल्पा । आसन्न स्थानीय तह निर्वाचनमा लोकदोहोरी गायिका राधिका हमाल कलाकारीतालाई बिट मार्दै नेपाली कांग्रेसको राजनीतिक जीवन प्रवेश गर्दैछिन् । राधिका रोल्पाको त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदमा चुनाव लड्दैछन् ।

त्रिवेणी गाउँपालिकामा एमाले र माओवादी मुख्य प्रतिस्पर्धी हुन् । आफ्नो कमजोर उपस्थिति भएकाले राजनीतिमा लो-प्रोफाइलको उम्मेदवारको रुपमा राधिकालाई कांग्रेसले अघि सारेको रोल्पामा चर्चा छ । अध्यक्ष पदमा भने कांग्रेसले कमल बुढामगरलाई उम्मेदवार बनाएको छ ।

राधिकाले एमालेकी साबित्रा बुढा र माओवादीकी लालसरी घर्तीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । साबित्रा नेकपा एमालेको राजनीतिमा सक्रिय छिन् । उनी नेकपा एमाले ५ नम्बर प्रदेश संगठन कमिटी सदस्य तथा ०७० सालको संविधानसभा चुनावमा समानुपातिक सभासदको सूचीमा समेत थिइन् ।

यसैगरी माओवादी केन्द्र त्रिवेणीले लालसरी घर्तीलाई उपाध्यक्षमा अघि सारेको छ । पार्टीमा अनिता उपनामले चिनिने लालसरी माओवादी केन्द्रको त्रिवेणी गाउँपालिका सदस्य हुन् । उनी ०५७ सालदेखि पार्टीमा आबद्ध छिन् । घर्तीगाउँबाट बसाईं सरेर गैरिगाउँ गएपछि राजनीतिमा ओझेल परेको बताइन्छ । लालसरि गाउँमै बस्छिन् ।

एमालेकी साबित्रा बुढाको माइती गैरिगाउँ र घर नुवागाउँमा पर्छ भने कांग्रेसकी हमालको माइती सदरमुकाम लिवाङ र घर गैरिगाउँमा पर्दछ । साबित्रा पार्टी कामको सिलसिलामा बेला-बेला गाउँमा पुग्छिन् । हमाल भने चाडबाडको समयमा गाउँ पुग्ने गरेको पाइन्छ । यद्यपी यी दुबैको प्रायः बसाई राजधानी तिरै हुन्छ ।

जीवन डाँगीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?