Comments Add Comment

१७ वर्षपछि दोहोरिंदै अनिल र ऐश्वर्याको जोडी

१७ वर्षपछि अनिल कपुर र ऐश्वर्या रायको जोडी फिल्ममा देखिने भएको छ । अंग्रेजी फिल्म ‘एभि्रबडिज फेमस’ को हिन्दी रिमेक ‘फेन्नी खान’ मा उनीहरु अनुवन्ध भएका हुन् ।

यो फिल्मलाई राकेश ओमप्रकाश मेहराले प्रोड्यूस गर्नेछन् भने निर्देशन गर्नेछन् अतुल मांजरेकरले । ओमप्रकाशले यो खबरको पुष्टी गरेका छन् । उनले मुम्बई मिररलाई दिएको एउटा अन्तरवार्तामा यो वर्षको अन्त्यसम्ममा फिल्मको सुटिङ सुरु गर्ने जानकारी दिए । ऐश्वर्या र अनिलकपुर दुवैले यो फिल्ममा हस्ताक्षर गरिसकेको उनले बताए ।

यो फिल्मको बारेमा अनिल कपुरले अघिल्लो वर्ष टि्वट गरेका थिए । उनले आफूले गाइरहेको तस्वीर पोष्ट गरेका थिए । यो एउटा म्युजिकल कमेडी फिल्म हुनेछ जसमा अनील कपुर बाबुको भूमिकामा हुनेछन् । ऐश्वर्याले भने कस्तो भूमिका निभाउनेछिन् भन्ने गोप्य राखिएको छ ।

ऐश्वर्या र अनिलले यसअघि दुईवटा सुपरहिट फिल्ममा काम गरिसकेका छन् । उनीहरुले अभिनय गरेका ‘हमारा दिल आपके पास है’ र ‘ताल’ लाई दर्शकहरुले खुबै रुचाएका थिए ।

यसअगाडि ऐश्वर्याले मणिरत्नमको फिल्ममा काम गर्ने हल्ला चलेको थियो । यो हल्ला अहिले बन्द भइसकेको छ । ऐश्वर्या र अभिषेकलाई अनुराग कश्यपको फिल्म ‘गुलाब जामुन’ को पनि अफर आएको थियो । तर, यसको स्त्रिmप्ट ऐश्वर्यालाई मन परेन क्यारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment