+
+

‘ट्यूबलाइट’ छायांकनका क्रममा सलमानलाई श्वास फेर्न गाह्रो

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २३ गते ११:१९


कबिर खान निर्देशित चलचित्र ‘ट्युबलाइट’ रिलिजको मिति नजिकिदै गर्दा सुटिङका सकस सार्वजनिक हुन थालेको छ । भारतीय मिडियाले उल्लेख गरे अनुसार यस चलचित्रको सुटिङ मनाली र लद्दाखमा भएको थियो ।

पहाडको उचाइमा सुटिङ भएकाले अक्सिजन निकै कम थियो भने सुटिङमा संलग्न प्राविधिक एवं कलाकारलाई श्वास फेर्न निकै गार्‍हो परेको थियो । केही प्राविधिक बिरामी भएकै कारण उपचारका लागि मुम्बई पुगेका थिए त स्टन्टम्यानले अक्सिजन माक्स लगाएर स्टन्ट गरेका थिए ।

दौडिन पर्ने दृष्य धेरै भएका कारण सलमानका भाइ सोहिल खान स्टन्टम्यानसँगै दौडिन वाध्य भए । यस्तै कष्ट सलमानले पनि बेहोर्नु परेको थियो । यो चलचित्रमा सोहिलले एक आर्मी अफिसरको भुमिका निर्वाह गरेका छन् । चलचित्रमा सलमान खान, सोहिल खान र चिनियाँ नायिका जु जुले मुख्य भुमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?