+
+
Shares

न्यायपरिषद् बैठकविनै भावी प्रधानन्यायाधीशको नाम सिफारिस, यस्ता छन् सिफारिस नाम

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २४ गते ६:२९

२३ जेठ, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले विदा हुनु एक दिनअघि न्यायपरिषद् अध्यक्षको हैसियतमा प्रधानन्यायाधीश सिफारिस गरेकी छन् । काकीृले सोमबार संवैधानिक परिषद्को अध्यक्षको नाममा सम्बोधन गर्दै भावी प्रधानन्यायाधीश सिफारिसको पत्र परिषद् सचिवालयमा दर्ता गराएको स्रोतले बतायो ।

न्यायपरिषद् बैठकको बहुमत सदस्यको निर्णयका आधारमा भावी प्रधानन्यायाधीशको नाम संवैधानिक परिषद्लाई सिफारिस हुसनुपर्ने व्यवस्था रहेको सचिव नहकुल सेवेदीले जानकारी दिए । तर, प्रधानन्यायाधीश कार्कीले अवकाशको दुई दिनअघि आफूखुसी भावी उत्तराधिकारीको नाम सिफारिस गरेकी हुन् ।

न्यायपरिषद् बैठक नै नबसी अध्यक्षको हिसाबले प्रधानन्यायाधीश सुशीला कार्कीले भावी प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश श्रेष्ठ, देवेन्द्रप्रकाश श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र जगदीशप्रसाद शर्माको नाम सिफारिस गरेको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?