Comments Add Comment

देउवाको सपथग्रहण बहिस्कार गर्ने पौडेल समूहको निर्णय, मन्त्री पनि नपठाउने

२४ जेठ, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहण समारोह नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले बहिस्कार गर्ने भएको छ । उसले सरकारमा आफ्नो तर्फबाट मन्त्रीसमेत नपठाउने निर्णय गरेको छ ।

कांग्रेस सभापतिसमेत रहेका देउवाले सरकार गठनमा एकलौटी गरेको र मन्त्री चयन गर्दा पनि आफूहरुसँग छलफल नगरेको भन्दै पौडेल समूह असन्तुष्ट छ ।

बुधबार बिहान बुढानिलकण्ठस्थित निवासमा देउवा बधाई ग्रहण गर्न व्यस्त भइरहेको बेला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्पर्क कार्यालयमा पौडेल समूहका नेताहरुको बैठक बसेको थियो ।

बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘सभापति जीले एकलौटी गर्नुभयो । त्यसैले सपथ ग्रहणमा नजाने र मन्त्री पनि नपठाउने निर्णय भयो ।’

राष्ट्रपति कार्यालय शितलनिवासमा पौने २ बजे देउवाको सपथग्रहण समारोह राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment