Comments Add Comment

ऋचाको ‘आधा लभ’ हेर्न स्वेतादेखि करिश्मासम्म


अभिनेत्रीबाट निर्मात्री बनेकी नायिका ऋचा शर्माको चलचित्र ‘आधा लभ’लाई केही नायिकाहरुको साथ मिलेको छ । खासै प्रचारप्रसार नगरी हलमा रिलिज गर्न लागिएको यो चलचित्रको वुधबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ ।

नायिका शर्माको निर्माणमा बनेको चलचित्र हेर्नका लागि स्वेता खड्का, करिश्मा मानन्धर, रीमा विश्वकर्मा, गौरी मल्ल हलमा पुगे । यस्तै, कलाकार खगेन्द्र लामिछाने, टिका पहारी, अशोक शर्मा पनि कुमारी हलमा पुगेका थिए । खासै तामझाम नदेखिएको प्रिमियरमा पुगेका धेरैले यसलाई फरक बिषयवस्तुमा प्रस्तुत गरिएको चलचित्र भनेका छन् ।

रोचक कुरा के छ भने, नायिका शर्माले गुपचुप रुपमा छायांकन गरेको चलचित्र भोलीबाट हलमा पनि खासै हल्ला नगरी नै रिलिज गरिदैछ ।
चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन् । चलचित्र ‘मुखौटा’ निर्देशन गरेर पूर्ण रुपमा असफल ठहरिएका अर्पणका लागि ‘आधा लभ’को व्यापार विशेष रहनेछ ।

नेपालमा नायिकाहरुले चलचित्र बनाएर सफलता पाइरहेका छन् । रेखा थापा, झरना थापा, स्वेता खड्का लगायतका नायिकाहरुले चलचित्र निर्माणमा सफलता पाइसकेका छन् । ऋचाको यो नयाँ यात्राको प्रतिक्षा पनि धेरैलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment