Comments Add Comment

चुनावी रङमा मधेस, मतदाता भन्छन् – दुःखमा मलम लगाउनेलाई भोट

२६ जेठ, काठमाडौं । महेशपुरपतार गाउँपालिका–६, सीतापुरकी शीलादेवी सदायको घर विभिन्न पार्टीका चुनाव चिह्नअंकित झन्डाले रंगिएको छ । घरसँगै उनी पनि चुनावी रङमा रंगिएकी छिन् ।

तीनपटक मिति सर्दा सीतापुरमा चुनावी चहलपहलमा कमी आएको छैन । गाउँ प्रवेश गर्नासाथ झन्डै २ किलोमिटर बस्तीका ९० प्रतिशत सबै घर चुनावी झन्डाले रंगिएको छ ।

‘पहिला कांग्रेसले राख्यो,’ मुसहर वस्तीकी शीलादेवीले भनिन्, ‘पछि आएर एमाले र फोरमले पनि झन्डा राख्छौं भनेपछि हुन्छ भन्यौं ।’ दलित वस्तीका ३३ घरमध्ये अधिकांशमा कांग्रेस र बाँकीमा एमाले र फोरम दुवै पार्टीका झन्डा राखिएका छन् ।

‘भोट त हामीजस्ता गरिबलाई बास र गाँसको व्यवस्था जसले गर्छ उसैलार्य दिन्छौं,’ शीलादेवी भन्छिन्, ‘भोट माग्न पनि धेरै आए, झन्डा पनि सबैले राखेका छन् । तर, भोट त हाम्रो समुदायको दुःखमा मलम लगाउनेलाई मात्र हो ।’

शीलादेवी त एक प्रतिनिधि उदाहरण मात्रै हो । जनप्रतिनिधि चुन्न व्यग्र मतदाताको भनाइ शीलादेवीको जस्तै छ । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment