+
+
Shares

राजपा नेतालाई चित्रबहादुरको प्रश्न-यो के तमासा हो ?

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २६ गते १२:१९

२६ जेठ, काठमाडौं । संविधान संशोधन नभई स्थानीय चुनावमा भाग नलिने चेतावनी दिँदै आएका राष्ट्रिय जनता पार्टीका नेताहरुलाई राष्ट्रिय जनमोर्चाका नेता चित्रवहादुर केसीले संसद बैठकमै प्रश्न गरे-यो के तमासा हो ?

प्रधानमन्त्री शेरवहादुर देउवालाई बधाई दिने क्रममा राजपा नेताहरुले आफूहरुले संविधान अझै स्वीकार नगरेको भन्दै संशोधनको माग गरेपछि केसीले आपत्ति जनाएका हुन् ।

प्रधानमन्त्रीलाई बधाई दिँदै सत्तापक्षका राजपा नेताहरुलाई केसीले सोधे-प्रधानमन्त्रीलाई भोट हाल्नु परेर खुरुरु दौडेर संसदमा आउने, संविधान पनि मान्ने । अनि स्थानीय चुनावमा जनताले भोट हाल्ने बेला संविधान मान्दैनौं भनेर भाँड्न खोज्ने ? यो के तमासा हो ?

केसीले तीन जना प्रधानमन्त्रीलाई भोट हाल्नका लागि मधेसी मोर्चालाई संविधान स्वीकार्य भएको तर, जनताले भोट हाल्ने बेला अस्वीकार्य हुनु बिडम्बना भएको बताए ।

केसीलाई जवाफ दिँदै राजपा अध्यक्ष मण्डलका अध्यक्ष महिन्द्र राय यादवले भने आफूहरुले संविधान स्वीकार नगरेको बताए । उनले भने, ‘हामीले संविधान मानेका छैनौं, त्यसैले संशोधनका लागि आन्दोलन गरेका हौं, बिगतको अन्तरिम संविधान अन्तर्गत रहेको ६०१ सदस्यीय संसद रहेकाले प्रधानमन्त्री चुनावमा भाग लिएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?