 
															२२ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चैत १५ गते काठमाडौंको तीनकुनेमा घटेको घटनाले गणतन्त्र र लोकतन्त्र सुरक्षित नरहेको संकेत गरेकोले सबैले चनाखो हुनुपर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले तीनकुनेघटना लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ भएको जिकिर गरे । ‘तीनकुनेको घटनालाई हेर्ने हो भने लोकतन्त्र र गणतन्त्र सुरक्षित छैन । हामी सबै शतर्क हुनुपर्छ,’ उनले भने ।
उनले कुनै विषयमा असहमति रहे जनमत लिएर बदल्न सकिने संवैधानिक व्यवस्था स्मरण गराए । ‘अहिले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ यो आन्दोलन आएको छ । संविधानभित्रका कतिपय कुराहरूमा त हाम्रो मतभेद हुनसक्छ’ उनले भने, ‘जनतामा प्रभाव पारेर आफ्नो पक्षमा जनमत ल्याएर असहमति भएको विषयलाई हटाउने हो ।’
अध्यक्ष केसीले संविधानमा भएका असहमतिहरूलाई जनमत लिएर हटाउन मिल्ने प्रावधान हुँदाहुँदै शत्रुतापूर्ण तरिकाले अराजकत गतिविधि भइरहेको बताए ।
‘गृह मन्त्रालयसँग यति नजिकको ठाउँ, सुरक्षा निकायको नजिकको ठाउँमा जुन खालको घटना घट्यो यो राम्रो भएन’ उनले भने ।
उनले आन्दोलन प्रदर्शनका नाममा प्रणाली सिध्याउने र शत्रुतापूर्ण आन्दोलनप्रति सरकार चनाखो हुनुपर्ने बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4