Comments Add Comment

रोचक प्रसंगः संजय श्रीदेवीको कोठामा छिरेपछि…


बलिउड नायिका श्रीदेवीले अभिनय यात्रा सुरु गरेको ५० वर्ष पुरा भएको छ । सन् १९६४ मा ४ वर्षको उमेरमा तमिल चलचित्र ‘थुनइवन’ मा उनले पहिलो पटक काम गरेकी थिइन् । ५० वर्षे अभिनय यात्रामा उनको जीवनमा केही अविस्मणीय घटना भयो । जुन घटनालाई उनी कहिल्यै बिर्सन सक्दिनन् ।

सन् १९८३ मा जब चलचित्र ‘हिम्मतवाला’को सुटिङ हुँदै थियो । सञ्जय दत्त अचानक श्रीदेवीको रुममा पुगे र ढोका ढक्ढक्याउन थाले । जब उनले ढोका खोलिन् सञ्जयको हालत देखेपछि उनी निकै डराइन् । किनकी सञ्जय दत्त मदिराले लठ्ठ थिए । त्यसरी ढोका ढक्ढक्याउनुको कारण पछि मात्र थाह भयो । सञ्जय श्रीदेवीको फ्यान थिए र श्रीदेवीलाई नजिकवाट हेर्न चाहन्थे । उक्त घटनापछि श्रीदेवीले आजीवन सञ्जयसँग चलचित्र नखेल्ने घोषणा गरिन् ।

सन् १९८० मा श्रीदेवीले जब चलचित्र ‘जमिन’मा साइन गरिन् । उक्त चलचित्रमा सञ्जय पनि थिए । तर, श्रीदेवीले सञ्जयसँग अभिनय नगर्ने अडान राखेकी थिइन् । उक्त चलचित्रको केही भाग सुटिङ भएपनि पछि प्रदर्शन हुन सकेन ।

९० को दशकमा सञ्जय दत्तको चर्चा ब्यापक थियो । श्रीदेवी सफल हुन सकिरहेकी थिइनन् । श्रीदेवीले करिअर सम्हाल्नकै लागि महेश भट्टको ‘गुमराह’मा सम्झौता गरिन् । सञ्जयकै भनाई अनुसार उक्त चलचित्रको सुटिङमा सञ्जय र श्रीदेवीविच हल्का हाइ हल्लो भएको थियो । तर, रोमान्टिक सिनको सुटिङ गर्दा सुटिङ सकिए लगत्तै श्रीदेवी टाढा गएर बस्थिन् ।

‘गुमराह’ हिट भएपनि यसको श्रेय श्रीदेवीले पाइनन् । चलचित्र सफल हुनुको जस सञ्जय एक्लैलले पाए । त्यसपछि श्रीदेवी फेरि सञ्जय दत्तवाट टाढा भइन् । चलचित्रमा काम गर्दा सञ्जयसँग टाढिएपनि सन् १९९३ मा सञ्जय पक्राउ पर्दा अन्य कलाकारसँगै श्रीदेवी पनि सञ्जयको समर्थनमा सडकमा आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment