+
+

गोकर्ण विष्टले कर्मचारीलाई भने-नेताको चाकरी नगर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २८ गते १३:१७

२८ जेठ, गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले दैनिक प्रशासनिक काम छाडेर नेताहरुको चाकरी नगर्न सुझाव दिएका छन् ।

कर्मचारीले आफ्नो काम छोडेर सत्ता रिझाउन थाले प्रशासन बिग्रने उनको भनाइ छ ।

आइतबार निजामति कर्मचारी संगठन जिल्ला कार्यसमितिले प्रकाशन गरेको ‘हामी राष्ट्र सेवक’ नामक स्मारिका गुल्मीमा बिमोचन गर्दै नेता बिष्टले नेपालको मूल्यांकन प्रणाली र राजनैतिक प्रवृति गलत भएका कारण कर्मचारी नेताको चाकडीको चक्करमा फसेको बताए ।

पूर्वमन्त्री समेत रहेका विष्टले कर्मचारी प्रशासनलाई राजनैतिक आग्रह पूर्वाग्रहभन्दा बाहिरै राख्नुपर्ने धारणा राखे । ‘कर्मचारी सत्ता निकट नभए नेटो कटाउने चलन छ,’ उनले भने, ‘यो मनोवृति रोकिनुपर्छ । केहि वर्ष लगाएर भएपनि हामी हटाउँछौं ।’

निजामती कर्मचारी र राजनीति एकअर्काका परिपूरक भएकाले सम्बन्ध अझ मजबुद बनाउनसके समृद्ध नेपाल असम्भव नहुँने बिष्टको भनाइ थियो ।

-अनिल खत्रीबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?