
२९ जेठ, काठमाडौं । साझा पार्टीले इटहरी उपमहानगरपालिकाको मेयरमा डा. तारा काफ्लेलाई उम्मेदवार बनाएको छ । उपमेयरको टिकट प्रकाशचन्द्र परियारले पाएका छन् ।
काफ्ले प्राध्यापन र समाजसेवामा संलग्न छिन् । इटहरी उपमहानगरपालिका वडा नम्बर ५ निवासी ३८ वर्षीया काफ्लेले जनसंख्या तथा जनस्वास्थ्य विषयमा स्नातकोत्तर र सामुदायिक चिकित्सामा काशी हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छिन् ।
त्यसैगरी परियार पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्य हुन् । प्रकाशचन्द्र परियार साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य हुन् । आमसञ्चार विषयमा स्नातकोत्तर गरेका परियाले एक दशकसम्म टेलिभिजन पत्रकारिता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4