Comments Add Comment

अलग अभियानको जेठ शृंखलामा तीर्थकुमारी र विष्णु

ललितपुर । हरेक महिनाको अन्तिम शनिबार नियमित रुपमा साहित्य तथा संगीतको कार्यक्रम गर्दै आएको अलग अभियानले जेठ शृंखलामा वरिष्ठ लोक गायिका तीर्थकुमारी थापा र लेखक/प्राध्यापक डा. विष्णु राईलाई पाहुना बनायो ।

तीर्थकुमारीले आफ्ना चर्चित गीत प्रस्तुत गरिन् भने डा. राईले कविताहरु सुनाए । राईले ‘विरानो’, ‘अवध नारायण…’, ‘फेसबुकको फोटो’, ‘मुखिताङको धामी…’, ‘यलुङको नयाँ फोटो’, ‘निर्दोष पहाड’ लगायत कविता सुनाए । यस्तै, गायिका थापाले ‘म त खादिनँ कुवाको पानी’, ‘डाँडामाथि बिहानै घाम लाग्यो’,  ‘दाइ कहाँको’ लगायत गीतहरु प्रस्तुत गरिन् । उनलाई युगल गायनमा गायक सङ्गीतकार रत्न बेहोसी बज्राचार्यले साथ दिएका थिए ।

कार्यक्रममा कविहरु मुक्तान थेबा, प्रकाश गुरागाइँ, साङ्केन बान्तवा, वन्दना राई, अविनाश भट्टराई, प्रज्ज्वल अधिकारी, नारायण नेपाल, डिपलभ राई, बालकृष्ण लगायतले पनि कविता सुनाएका थिए ।

सो क्रममा केही गायिकाले गीत प्रस्तुत गरेका थिए । सुनिता थेगिमले कवि जसराज किरातीको शब्दलाई मण्डल साम्पाङको सङ्गीतमा प्रस्तुत गरिन् भने आभा मुकारुङले साङ्केन बान्तवाको शब्दलाई भिमसेना राईको सङ्गीतमा सुनाइन् ।

सांगीतिक प्रस्तुतिका क्रममा वाद्यवादनतर्फ हार्मोनियममा मण्डल साम्पाङ, बाँसुरीमा पावल थुलुङ, तबला तथा मादलमा यमकुमार समाल, गिटारमा भिमसेना राई र नाकिमले साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment