Comments Add Comment

रणवीर सिंहबाट सिक्नुहोस् कस्ता हुनुपर्छ प्रफेक्ट ब्वाइफ्रेन्ड ?

‘हट एन्ड हेन्डसम’ अभिनेता रणवीर सिंह लभ अफेयरको कारण निकै चर्चामा रहन्छन् । यतिबेला उनी अभिनेत्री दीपिका पादुकोणसँगको रिलेसनमा छन् । उनीहरुको जोडीलाई खुब रुचाएइको पनि छ । बलिउडमा उनलाई प्रफेक्ट लभरब्वाईको रुपमा चित्रित गरिन्छ । आखिर उनमा त्यस्तो के गुण छ त ?

. रणवीर एक रोमान्टिक ब्वाइफ्रेन्ड हुन् । उनी कसैको सामु आफ्नो प्रेम दर्शाउन पछि हट्दैनन् । रणवीर खुलमखुला दीपिकालाई प्रेम गर्छन् । उनले केहि पटक स्टेजमा प्रस्तुती दिइरहेको बेला दीपिकालाई फ्लाइङ किस पनि दिएका थिए ।

२. युवतीलाई सरप्राइज दिने केटा मनपर्छ । र, रणवीर यसमा माहिर छन् । गर्लफ्रेण्डसँग समय विताउनका लागि उनी अक्सर सरप्राइज भिजिट गर्छन् ।

३. आफ्नी प्रेमिकालाई भेट्नका लागि सधै आतुर हुन्छन् । कहिले कहिं रणवीर दीपिकालाई भेट्न सुटिङ लोकेसनमै पुग्ने गरेका छन् । यसरी उनी आफ्नो प्रेम र समर्पण दर्शाउँछन् । उनी आफ्ना जीवनको सबैभन्दा राम्रो व्यक्तिलाई कहिल्यै एक्लो छाड्न चाहदैनन् ।

४. रणवीरको सबैभन्दा ठूलो खुबी के भने उनी कुनैपनि कुरा लुकाउँदैनन् । न त आफ्नो रिलेसनशिप, न त आफ्नो भावना । एड्स, सेक्स जस्ता विषयमा पनि उनी खुलेर बोल्छन् । रणवीरले भनेका छन्, मैले १२ बर्षको उमेरमा यौन अनुभव लिएको थिएँ । रणवीर स्कुलमा पढ्दा आफ्ना साथीलाई सबै अनुभव सुनाउथे, नयाँ नयाँ जानकारी दिन्थे । त्यही कारण ति साथीका अभिभावकहरु भन्थे, रणवीरले हाम्रा छोराछोरी विगार्ने भए ।

५. धेरै मानिस हुन्छन्, जो अरुको सफलता एवं खुसीमा रमाउन सक्दैनन् । कति व्यक्ति त आफ्नो पार्टनरको सफलतामा समेत इष्र्या गर्छन् । यद्यपी रणवीरमा यस्ता अवगुण छैन । उनी अरुको खुसीमा समेत उन्मुक्त रमाउन सक्छन् । दीपिकाको सफलतालाई पनि उनले आफ्नै सफलता ठान्ने गर्छन् । यस्ता ब्वाइफ्रेन्ड जो कोही ब्वाइफ्रेन्डलाई मन पर्छ ।

६. हरेक युवतीको चाहाना हुन्छ कि, पार्टनरले आफ्ना आमाबुवा, माइतीलाई पनि पुरा मान-सम्मान दिन सकोस् । रणवीर त्यस्तै छन्, उनी अक्सर दीपिकाको आमाबुवासँग भेट्छन् । उनीहरुको हालखबर बुझिरहन्छन् ।

७. कहिले कहिं दीपिकाको आउटफिटको रंगसँग आफ्नो आउटफिटको रंगको कम्बिनेसन मिलाएर प्रस्तुत हुन्छन्, रणवीर । गर्लफ्रेण्डलाई प्रभावित पार्ने यो पनि एउटा तरिका हो । उनी गर्लफ्रेण्डलाई खुसी तुल्याउन उनीहरुकै पहिरनसँग आफ्नो पहिरनको रंग मिलाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment