+
+

जथाभावी सडक पार गर्ने पैदलयात्रुको २०० जरिवाना हट्यो तर, क्लास लिनु पर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३० गते १९:०५
जथाभावि बाटो काट्नेलाई नगद जरिवाना गर्दै ट्राफिक प्रहरी ।

२९ जेठ, काठमाडौं । चर्को आलोचनापछि जथाभावी सडक पार गर्ने पैदलयात्रीसँग लिइदै आएको २०० रुपैयाँ जरिवाना हटेको छ । तर, कारबाही प्रक्रिया रोकिने छैन ।

गृहमन्त्री जनार्दन शर्माले मंगलबार प्रहरी प्रमुख र ट्राफिक प्रहरी महाशाखा प्रमुखलाई बोलाएर छलफल गरेका थिए । गृहमन्त्री शर्माको निर्देशन पछि नगद जरिवाना हटाइएको हो ।

अब जथाभावी सडक पार गर्नेलाई जरिवाना नगर्ने तर, क्लास लिनु पर्ने व्यवस्था गर्ने ट्राफिक प्रहरी महाशाखाको तयारी छ । महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले अनलाइनखबरसँग भने, ‘जथाभावी सडक पार गर्नेहरु धेरै नै घटेका छन् । अब हामी जरिवाना हटाउँछौं । तर, क्लास लिनुपर्छ ।’

जेठ १६ गतेबाट सुरु भएको यो कारबाहीमा झण्डै २० हजार पैदलयात्रु परिसकेका छन् ।

ट्राफिकको अभियान राम्रो भएपनि पर्याप्त जेब्राक्रसिङ नै नभएको र जनचेतनामूलक कार्यक्रम नै नगरी जरिवाना गर्न थालिएको भन्दै आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?