+
+

दैलेखमा बस दुर्घटनाः ११ जनाको मृत्यु, १६ जना घाइते

१४ घाइतेलार्इ नेपालगञ्ज ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३१ गते १६:४९

३१ जेठ, काठमाडौं । दैलेखको आठवीस नगरपालिका-४ मा नैनाल भन्ने ठाउँमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

कालिकाटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा १० जनाको घटनास्थलमा नै र एक जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा अछामका पञ्चदेवल नगरपालिका ९ का ३१ वर्षीय शिव नेपाली, उनकी छोरी १० वर्षीया रूपा, तुर्माखान गाउँपालिका ३ का २५ वर्षीय धिरेन्द्र विसी, कालिकोटको रास्कोट नगरपालिका ७ का ४० वर्षीय युवराज साही, वडा नम्बर ५ का २५ वर्षीय धर्मराज साही, २३ वर्षीय वर्षीय प्रकाश साही, वडा ६ की २१ वर्षीया कविता साही र शान्ति त्रिवेणी गाउँपालिका ५ का २५ वर्षीय प्रकाश साही रहेका छन् ।

तीन जनाको सनाखत हुन सकेको छैन । उनीहरू मध्ये दुर्इ महिला र एक पुरूष रहेको दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए ।

दर्घटनामा घाइते भएका १४ जनालार्इ एम्बुलेन्स र बसबाट नेपालगञ्ज पठाइएको छ । दुर्इ जना भने सामान्य घाइते छन् । उनीहरूको दैलेखमै उपचार गरिएको छ । अशोक बोगटी भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

बस करिब २/३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?