Comments Add Comment

लोकसेवाको नयाँ थितिः अब सबै सङ्गठित संस्थाको कर्मचारी सेवासर्त एउटै


१ असार, काठमाडौं । सुरक्षा निकायलगायत सरकारको पूरा वा आंशिक स्वामित्वमा रहेका सङ्गठित संस्थाले अब कर्मचारीसम्बन्धी आफूखुसी नियम बनाउन नपाइने भएको छ । स्थापनाको ६७ वर्ष प्रवेशको अवसर पारेर लोकसेवा आयोगले असार १ गतेदेखि लागू हुने गरी सबै निकायका लागि एउटै सामान्य सिद्धान्त लागू गर्ने भएपछि आफूखुसी नियम बनाउने परम्परा अन्त्य हुने भएको हो ।

सङ्गठित संस्थामा कर्मचारीको सेवासर्तसम्बन्धी कानुन, योग्यता प्रणाली, बढुवा र विभागीय कारबाही गर्दा अवलम्बन गर्ने सामान्य सिद्धान्त फरकफरक भएकाले एकरूपता कायम गर्ने उद्देश्यले सबैका लागि एउटै नियम बनाउन लागिएको आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले जानकारी दिए ।
‘सुरक्षा निकायलगायत नेपाल सरकारको ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व रहेका सङ्गठित संस्थामा अब एउटै सिद्धान्त लागू हुन्छ’, अध्यक्ष मैनालीले भने, ‘असार १ गतेदेखि लागू गर्दैछौं । जसले सबै सङ्गठित संस्थामा कर्मचारीसँग सम्बन्धित बिषयमा एकरूपता आउँछ ।’ उनले बिहीबारदेखि नै सबै सङ्गठित संस्थालाई पत्राचार गरिने जानकारी दिएको गोरखापत्र दैनिकले लेखेको छ ।

नेपालको संविधानले लोकसेवा आयोगलाई सुरक्षा निकायलगायत सरकारको स्वामित्व रहेका सङ्गठित संस्थामा कर्मचारी छनोट गर्दा लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी दिएको छ । यो जिम्मेवारी पाएलगत्तै आयोगले सबै निकायमा एउटै नियम बनाउने गृहकार्य गरे पनि समयमै लोकसेवा आयोग ऐन नआउँदा कठिनाइ भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment