+
+

राजपा नेताले भने-२ नम्बर प्रदेशको चुनाव सार्ने निर्णय मान्य छैन,आन्दोलन जारी रहने

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २ गते ०:१०

फाइल तस्वीर

१ असार, सर्लाही । राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेताहरुले मधेसको माग पूरा नै नगरी २ नम्बर प्रदेशको चुनाव सार्ने र अन्य ३ प्रदेशमा चुनाव गराउने सरकारको निर्णय मान्य नहुँने बताएका छन् ।

राजपाद्वारा सर्लाहीमा आयोजित सभालाई सम्बोधन गर्दै राजपाका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो, अनिलकुमार झा र राजकिशोर यादवले संयुक्त रुपमा मधेसको माग पूरा नभएसम्म राजपामा चुनावमा नजाने स्पष्ट पारे ।

उनीहरुले सरकारले प्रदेश नम्बर १, ५ र ७ मा असार ४ गते उम्मेदवारी दर्ता हुने निर्णय गरेपनि मधेस र थरुहटका जिल्लाहरुमा उम्मेदवारी दर्ताको चर्को बिरोध हुने बताएका छन् ।

देशलाई विभाजन गर्ने उद्देश्यले सरकारले गरेको निर्णय गरेको भन्दै राजपाका नेता राजेन्द्र महतोले आपत्ति जनाए ।

उनले मधेसलाई विभाजन गर्ने उद्देश्यले सरकारले निर्णय गरेको भन्दै चुनाव गराउन परे मधेसको सम्पूर्ण जिल्लामा एकैपटक चुनाव गराउनु पर्ने बताए ।

अनलाइनखबरसँग कुराकानी गर्दै उनले भने सरकारको चुनाव गराउने इच्छा भए सबै प्रदेशमा एकै पटक गराओस नभए अब २ नम्बर प्रदेश मात्र आन्दोलन नभई चुनाव गराउन खोजेको प्रदेशमा सबै भन्दा ठुलो आन्दोलन हुन्छ ।

उनले थपे मधेसको झापादेखि कञ्चनपुर, कैलालीसम्मले एकै पटक आन्दोलन भएको छ त्यसकारण मधेसको जिल्लामा चुनाव पनि एकै चरणमा हुनुपर्छ ।

सरकारले गरेको निर्णयप्रति आपत्ति जनाउँदै राजपा अध्यक्ष मण्डलका तीनै जना नेताहरु आन्तिरक बैठकका लागि काठमाडौं हिँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?