+
+
Shares

टिकट खोसिएपछि उम्मेदवारद्वारा आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २ गते ६:१०

२ असार, काठमाडौं । माओवादी केन्द्रका पूर्वउम्मेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन् । माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका–१६, उदयपुरको खुला वडा सदस्य उम्मेदवार बनेर खोसिएका जातेसिद्रेका ३५ वर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन् ।

श्रेष्ठ घरनजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा बिहान झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए ।

श्रेष्ठलाई पार्टीले टिकट दिइसकेपछि वडामा वृहत कार्यक्रम आयोजना गरी उम्मेदवार सार्वजनिक गरिएको थियो । उम्मेदवार भई भोट मागिरहेका अवस्थामा पाटीृले बिनाजानकारी टिकट खोसेर धौरीका राजकुमार तामाङलाई उम्मेदवार बनाएपछि श्रेष्ठले अपमान महसुस गरेर आत्महत्याको बाटो रोजेका हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?