Comments Add Comment

मेचीका ४ जिल्लामा विप्लवको बन्द, जनवजीवन प्रभावित

फाइल तस्विर

असार २, ताप्लेजुङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको मेची बन्दका कारण मेचीका चार जिल्लाको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ ।
बन्दको कारण ताप्लेजुङसहित पाँचथर, इलाम र झापाबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् । बजार, शिक्षण संस्था र कलकारखानामा पनि बन्दको प्रभाव परेको छ । यता ताप्लेजुङबाट झापाको बिर्तामोड जाने केही यात्रुवाहक सवारीसाधन प्रहरीले स्कर्टिङ गरी पठाएको प्रहरीले बताएको छ ।

सो पार्टीले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई रिहाई नगरिए सशक्त आन्दोलनका साथै अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो । उसले केन्द्रीय सदस्य तथा मेची ब्यूरो संयोजक सुमन लिम्बुसहित ३ नेतालाई जेठ ३१ गते झापाको गरामनीबाट बिना पक्राउ पूर्जी गिरफ्तार गरिएको भन्दै रिहाईको माग गरेर बन्द आह्वान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment