+
+

संघीय संरचनामा नयाँ स्वास्थ्य प्रणाली, दुर्गमको उपचार पायक पर्ने ठाउँबाट

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ४ गते ६:४४

४ असार, काठमाडौं । संघीय नेपालमा विद्यमान स्वास्थ्य सेवा प्रणाली र त्यसको संरचनामा व्यापक हेरफेर भएको छ ।

आमनागरिकलाई पायक पर्ने स्थानमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र गुणस्तरीय सेवामा पहुँच विस्तार गर्ने संविधानको मर्मलाई ध्यान दिँदै हालको स्वास्थय सेवा प्रणालीको संरचनामा हेरफेर गरिएको हो ।

गगन थापा स्वास्थ्य मन्त्री भएका बेला तयार पारिएको र मन्त्रिपरिषद्ले स्वीकृत गरेको एकीकृत स्वास्थ्य पूर्वाधार विकास योजना अनुसार अब विकट वा दुर्गमका बिरामीले सामान्य रोगको प्रयोगशाला जाँच वा उपचारका लागि प्रदेश वा केन्द्र धाउनु पर्ने छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?