Comments Add Comment

सप्तरीमा राजपाका कार्यकर्ताले सरकारी मोटरसाइकल जलाए

४ असार, सप्तरी । संविधान संशोधन नगरी जबरजस्ती रुपमा स्थानीय तहको चुनाव गराउन लागिएको भन्दै आन्दोलनमा उत्रिएका राजपाका कार्यकर्ताहरुले आयतबार राजविराजमा सरकारी मोटरसाइकलमा आगजनी गरेका छन् ।

मोटरसाइकलमा सबार व्यक्ति मोटरसाइकल गजेन्द्र चोकमा राखेर राष्ट्रिय बाणिज्य बैंकमा गएको बेलामा राजपाका कार्यकर्ताहरुले आगजनी गरेका हुन् ।

आगजनीबाट स.१ ज ५२९ नम्बरको मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । मोटरसाइकल कुन कार्यालयको हो भन्ने खुल्न सकेको छैन् ।

आफ्ना कार्यकर्तालाई प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथबाट पक्राउ गरेको बिरोधमा मोटरसाइकलमा आगजनी गरिएको राजपा नेताहरुले बताएका छन् ।

राजमार्गमा सवारीसाधन संचालनमा अवरोध गर्न खोजेको भन्दै प्रहरीले आधा दर्जन राजपाका नेता/कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दिनेश यादव, ननु भगत, जावुल मियाँ, माधुरी साहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रुपनीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment