+
+

बाँकेमा एमाले र माओवादीवीच झडप, प्रहरीसहित ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ४ गते १७:४५

४ असार, नेपालगञ्ज । बाँकेको बैजनाथमा गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रवीच झडप भएको छ ।

मनोनयन दर्तासंगै शक्ति प्रदर्शन गर्ने क्रममा २ दलका कार्यकर्ताहरुवीच झडप भएको बाँकेका डिएसपी सरोज पौडेलले जानकारी दिए ।

एमालेले मनोनयन दर्ता गरेर फर्किदै गर्दा र माओवादी र्‍यालीसहित मनोनयन दर्ता गर्न जाँदै गर्दा झडप भएको प्रहरीले जनाएको छ ।

मनोनयन दर्ता पछि एमालेले सभा गरिरहेका बेला माओवादीको जुलुसले सभालाई बाधा पुर्‍याएपछि एमाले र माओवादीवीच ढुङगा हानाहान भएको एसपी टेकप्रसाद राईले बताए ।

झडपमा २ जना प्रहरी सहित तीन जना घाइते भएको एसपी राईले जानकारी दिए । एमालेको सभालाई सांसद दलबहादुर सुनारले सम्बोधन गर्ने क्रममा झडप भएको हो ।

यता एमाले बैजनाथ गाउँपालिकाका निर्वाचन परिचालन समितिका सचिव प्रेम सुवेदीले भने आफ्ना पाँच जना कार्यकर्ता घाइते भएको बताए ।

झडप नियन्त्रण लिन प्रहरीले अश्रूग्यास र हवाई फायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?