Comments Add Comment

‘प्रेेमगीत २’को ट्रेलर सार्वजनिक, प्रेमका लागि प्रदिपको एक्सन



काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य कलाकारद्धय प्रदिप खड्का र अश्लेषा ठकुरीसहित निर्माता सन्तोष सेन, निर्देशक रामशरण पाठकले ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारका प्रश्नको जवाफ दिएका थिए ।

साउन १३ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरमा प्रेमका लागि हुने त्याग, द्धन्द्धको कथा समावेश गरिएको छ । बर्मा, थाइल्याण्ड र नेपालमा छायांकन गरिएको यो चलचित्रमा २ मुलुकका यूवा-यूवतीको कथालाई देखाइएको छ । पुरुषोत्तम प्रधानले चलचित्रको क्यानभास गजबले क्यामेरामा उतारेका छन् ।

चलचित्रको ट्रेलरमा एक्सनलाई बढी महत्व दिइएको छ । अष्ट महर्जनले चलचित्रमा एक्सन निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक रामशरण पाठकले म्यानमार र नेपालमा बस्ने यूवायूवतीविच हुने प्रेमकथालाई चलचित्रमा देखाइएको बताए । उनले ‘प्रेमगीत’ जहाँबाट सकिन्छ त्यहाँबाट चलचित्र सुरु हुन्छ या हुँदैन भन्ने हेर्नका लागि साउन १३ नै कुर्नुपर्ने बताए ।

निर्माता सन्तोष सेनले चलचित्रमा आफू खलनायकको भूमिकामा देखिएको बताए । यो चलचित्र हेरेपछि प्रदिपका फ्यानले आफूलाई गाली गर्ने सन्तोषको भनाई थियो ।

यस्तै, नायक प्रदिप खड्काले यसपटक चलचित्रका लागि निकै दुःख गरेको सुनाए । उनले यति दुःख हुन्छ भन्ने थाहा पाएको भए आफूले चलचित्रमा काम गर्ने आँट नै नगर्ने बताए ।

नायिका अश्लेषा ठकुरीले चलचित्रको गीतसंगीतबाट पाएको प्रतिक्रियाले आफू उत्साहित भएको सुनाइन् । चलचित्रको ३ वटा गीत सार्वजनिक गरेपछि ट्रेलर बजारमा ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment