Comments Add Comment

खगेन्द्र र सुरक्षाको ‘सुख-दुःख’


निर्देशक दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘धनपति’ काठमाण्डौको कुमारी हलमा मात्र अंग्रेजी सब-टाइटल सहित रिलिज हुने भएको छ । विदेशी दर्शकहरु समेत हलमा चलचित्र हेर्न पुग्ने तर भाषाको समस्या देखिएकाले अंग्रेजी सब-टाइटलमा चलचित्र देखाउन लागिएको निर्देशक खनालले बताएका छन् ।

असार २३ गतेबाट रिलिज हुने यो चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्तको मुख्य भूमिका छ । चलचित्रको ‘सुख-दुःख’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । यो गीतमा आधा सुर र शरदा अधिकारीको स्वर, आधा सुरकै शब्द तथा संगीत छ ।

गीतमा जिन्दगीको भोगाइलाई चित्रण गरिएको छ । रोजिना सिटौला निर्माता रहेको चलचित्रमा खगेन्द्र र सुरक्षाको अलवा मनिष निरौला, आशान्त शर्मा, सुरवी बर्तौला, हरिहर शर्मा, रवि गिरी लगायतका कलाकारको अभिनय छ ।

दिर्घ खड्काको सम्पादन, दिपेन्द्र के खनालको छायांकन, सूर्य थोकरको एक्सन चलचित्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment