Comments Add Comment

फ्रान्सका नेपालीहरु भलिबल, तातोआलुदेखि बोरा दौडमा रमाए

२० जून, बार्सिलोना । फ्रान्समा रहेका नेपालीहरु बिभिन्न खेलहरुमा रमाएका छन् । पुरुषहरु भलिबलमा,महिलाहरु तातोआलु र बालबालिकाहरु चम्चा मिठाई दौड तथा बोरा दौडमा रमाएका हुन् ।

प्रवासमा रहँदा सधैँ कामको चापमा रहने हुँदा मनोरन्जनका लागि एनआरएनए फ्रान्सले आइतबार पेरिसमा रमाईलो कार्यक्रमको आयोजना गरेको हो ।

भलिबल प्रतियोगिताको उपाधी नेपाली एकता समाज फ्रान्सले ८ सय युरो नगद, ट्र्फी, मेडल र प्रमाणपत्रसहित हात पार्‍यो ।

यस्तै उपबिजेता तमुसमाज फ्रान्सले नगद ४ सय युरो र नमस्ते फ्रान्सले ५० युरोसहित ट्र्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा एनआरएनए फ्रान्स,म्याग्दीको समुह पनि सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथि फ्रान्स स्थित नेपाली राजदूत अम्बिकादेबी लुइटेलले बिजेतालाई बधाई दिदै यस्ता कार्यक्रमहरुले नेपालीहरु बीच अझै आत्मियता बढ्ने भन्दै प्रंशसा गरिन् ।

संघका अध्यक्ष भक्त वाग्ले,वरिष्ठ उपाध्यक्ष सुवर्ण हमाल,उपाध्यक्ष एक बहादुर मल्ल, निवर्तवान अध्यक्ष घनश्याम पौडेल,कार्यक्रम संयोजक प्रविन सापकोटा लगायतले बिजेता खेलाडीहरुलाई बधाई तथा शुभकामाना दिए ।

खेल स्थल वरिपरी नेपाली झण्डा फहराउदै नेपालीहरु रमाएको देख्दा बिदेशीहरुले पनि निकै चाख दिएर हेरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment