+
+

महानगरको निर्णय-भूकम्पपीडितका ट्याक्सी काठमाडौंमा नचलाइयोस्

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ७ गते ०:१०


६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले भूकम्पपीडितका नाममा काठमाडौंमा ट्याक्सी थप गर्ने निर्णयमा असहमति जाएको छ । महानगरपालिकाले काठमाडौंमा थप हुने भनिएको नयाँ ट्याक्सीलाई काठमाडौं उपत्यकाभन्दा अन्य क्षेेत्रमा केन्दि्रत गर्न आग्रह गरेको छ ।

नगर कार्यपालिकाको निर्णय सार्वजनिक गर्दै मेयर विद्यासुन्दर शाक्यले १४ जिल्लाका भूकम्पपीडितलाई वितरण गर्न लागिएको १५ सय वटा नयाँ ट्याक्सी काठमाडौंमा चलाउन नहुने बताए ।
उनले काठमाडौंमा ट्राफिक जाम बढिरहेको समयमा बाहिरी जिल्लाका पीडितका लागि क्षित गरेर ट्याक्सी थप गर्ने निर्णय वैज्ञानिक नभएको तर्क गरे । उनले १५ सय ट्याक्सी थप नगर्न यातायात ब्यवस्था विभागमा पत्राचार गर्ने निर्णय भएको बताए ।‘भूकम्पपीडितलाई राज्यले गर्नुपर्ने सहयोग गरोस्, तर काठमाडौंमा थप ट्राफिक जाम हुने गरी ट्याक्सी नचलाइयोस् भन्ने हाम्रो आग्रह हो’ शाक्यले भने । उनले ट्याक्सी काठमाडौंबाहेक अन्य क्षेत्रमा थप्न सकिने बताए ।

भूकम्पपीडितका लागि भोलिदेखि गोलाप्रथा सुरु हुँदैछ । ३ दिनसम्म काठमाडौंमा गोलाप्रथा चल्नुअघि महानगरपालिकाले भूकम्पपीडितका नाममा काठमाडौंमा ट्याक्सी नचलाउन भनेको हो ।

मन्त्रीस्तरीय निर्णयमार्फत काठमाडौंमा भूकम्पपपीडितका लागि १५ सय ट्याक्सी थप्ने निर्णय भएको थियो । यसैगरी नगर कार्यपालिकाको बैठकले काठमाडौंमा ट्याक्सी मिटर नचल्ने प्रवृत्ति अन्त्य गर्न अनुगमन प्रभावकारी बनान नियका ट्राफिक प्रहरी महाशाखा र यातायात विभागलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सबै वडा कार्यालयहरुलाई सडक तथा फुटपाथ निर्माण तथा मर्मतका लागि १० लाख, ढुंगा र इँटा छाप्न ७ लाख, ढलक मर्मतमा ३ लाख, सडक सफाइमा २ लाख, अतिथि सत्कारका २५ हजार रुपैयाँ गरेर २२ लाख २५ हजार निकासा दिने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?