+
+

प्रचण्डको खुलासाः वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ७ गते ६:०३

७ असार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् ।

‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी जाने भन्ने छलफल भइरहेको वेला १९ जेठमा उनको परिवारकै हत्या हुन पुग्यो,’ नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्वारा लिखित पुस्तक ‘अंश’को मंगलबार लोकार्पण गर्दै प्रचण्डले भने, ‘वीरेन्द्रको वंश विनाशपछि वार्ताको कडी टुट्यो, एउटा असली राजा र नाटकीय रूपमा आएका राजाले सोच्ने तरिका फरक हुँदोरहेछ । एउटा विद्रोही नेताको नाताले मैले त्यस्तै अनुभूति गरेँ ।’

प्रचण्डले राजकुमार दिक्पालको कथाको प्रसंग सुनाउँदै सक्कली र नक्कली राजाले सोच्ने तरिकामा फरक हुने विचार व्यक्त गरे । नक्कली राजा (ज्ञानेन्द्र शाह) ले परिस्थिति आफ्नो हातमा राख्न नसक्दा यस्तो अवस्था आएको उनको भनाइ छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई आएको मौका समाउन नसक्दा दिल्लीमा १२ बुुँदे समझदारी भएको खुलासा गरेका छन् । ‘१२ बुँदे समझदारी यता वा उताबाट भए पनि हुनैपर्ने थियो । त्यो जरुरी भइसकेको पनि थियो,’ प्रचण्डले भने, ‘ज्ञानेन्द्रले सकेनन् । राजाको हातमा आएको मौकासमेत उनले समाउन सकेनन् र १२ बुँदे समझदारी दिल्लीमा बन्न पुग्यो ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?