Comments Add Comment

गुल्मीमा ५४० महिला चुनावी प्रतिस्पर्धामा

१५ जना वडा अध्यक्षका उम्मेदवार


असार ७, गुल्मी । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय चहको चुनावमा गुल्मीमा ४ सय ८९ जना जनप्रतिनिधीहरुका लागि एक हजार ४ सय २३ जना चुनावी मैदानमा उत्रिएका छन् ।

चुनावी मैदानमा उत्रिएका मध्ये ५ सय ४० जना महिला उम्मेदवारहरु रहेका छन् । गुल्मीमा कुल उम्मेदवारहरु मध्ये ८ सय ८३ पुरुष रहेका छन् ।

जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा मेयर अर्थात अध्यक्ष पदका लागि ६७ जना, उपमेयर अर्थात उपाध्यक्षका लागि ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार १२ स्थानीय तहका ९३ वडामा वडा अध्यक्षका लागि ३ सय १४ जनाको उम्मेदवारी परेको छ । जस मध्ये १५ जना महिलाले वडा अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

जिल्लामा १ सय ३८ मतदान स्थल रहेका छन् । निर्वाचनको लागि नगरपालिका र गाउँपालिकाका ९३ वडाहरुमा २ सय ४० वटा मतदान केन्द्रहरु निर्धारण गरिएको छ ।

अनिल खत्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment