Comments Add Comment

डोटीमा ४६५ महिलासहित ११४० उम्मेद्वार

७ असार, डोटी । आसन्न स्थानीय तहको निर्वाचनमा डोटी जिल्लाका स्थानीय तहहरुका बिभिन्न पदमा एक हजार एक सय ४० जनाको उम्मेदवारी गरेको छ । जसमध्ये ४६५ महिलाहरु चुनावी प्रतिस्पर्धामा छन् ।

प्रमुखमा दुई, उपप्रमुखमा ३२, वडाध्यक्षमा पाँच, खुल्ला सदस्यमा १२, महिला सदस्यमा २०६ र दलित महिला सदस्यमा २०५ गरी ४६५ महिलाहरु प्रतिस्पर्धामा छन् ।

दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहका ६५ बडाहरुमा उक्त संख्यामा उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिएका छन । जिल्ला निर्वाचन कार्यालय डोटीले दिएको जानकारी अनुसार नौ स्थानीय तहमा प्रमख पदका लागि ४२ उम्मेदवारहरु छन् । उपमेयरमा ३३ जनाको उम्मेदवारी परेको छ ।

जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सवै स्थानीय तहमा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमोर्चाले ६, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच र नयाँ शक्ति नेपालले एक स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

यस्तै राजमोले एक, राप्रपाले एक र नयाँ शक्ति नेपाल पार्टीले एक स्थानमा उम्मेदवारी दिएका छन्् । नेपाल दलित पार्टीले दिपायल सिलगढी नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएको छ ।

यस्तै वडाध्यक्षका लागि २३६, महिला सदस्यका लागि २०६, दलित महिला सदस्यका लागि २०५ र खुल्ला सदस्यका लागि ४१४ ले उम्मेद्वारी दिएको जिल्ला निर्वाचन अधिकारी नन्दीराज ओझाले जानकारी दिए ।

नौ बडा रहेको दिपायल सिलगढी नगरपालिकाको मेयरका लागि ६, उपमेयरका लागि चार, वडाध्यक्षका लागि ३४, खुल्ला सदस्यका लागि ५७, महिला सदस्यका लागि २६ र दलित महिला सदस्यका लागि २६ गरी एक सय ५१ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै ११ वडा रहेको शिखर नगरपालिकामा मेयरका लागि ६, उपमेयरका लागि चार, वडाध्यक्षका लागि ४०, खुल्ला सदस्यका लागि ६९, महिला सदस्यका लागि ३४, दलित महिला सदस्यका लागि ३५ गरी एक सय ८९ जना चुनावी मैदानमा छन् ।

पूर्वीचौकी गाउँपालिकाका लागि अध्यक्षमा चार, उपाध्यक्षमा चार, वडाध्यक्षमा २१, खुल्ला सदस्यमा ४०, महिला सदस्यमा २० र दलित महिला सदस्यमा २० गरी एक सय नौ उम्मेद्वार रहेका छन् । यस गाउँपालिकामा ७ वडा छन् ।

यस्तै ५ वडा रहेको बडीकेदार गाउँपालिकामा अध्यक्षमा चार, उपाध्यक्षमा चार, वडाध्यक्षमा १७, खुल्ला सदस्यमा ३१, महिला सदस्यमा १६ र दलित महिला सदस्यमा १५ गरी ८७ जनाले उम्मेद्वारी दिएका छन् ।

जोरायल गाउँपालिकाको अध्यक्षमा चार, उपाध्यक्षमा तीन, बडाध्यक्षमा २९, खुल्ला सदस्यमा ४४, महिला सदस्यमा २२ र दलित महिला सदस्यमा २० गरी एक सय २२ जनाले उम्मेदवारी दिएका छन् । यस गाउँपालिकामा ६ वडा छन् ।

६ वडा रहेको सायल गाउँपालिकाको अध्यक्षका लागि तीन जना भिड्दैछन् । यस्तै उपाध्यक्षका लागि तीन, वडाध्यक्षका लागि १८, खुल्ला सदस्यका लागि ३१, महिला सदस्यका लागि १६ र दलित महिला सदस्यका लागि १७ गरी ८८ उम्मेदवार चुनावी मैदानमा छन् ।

यस्तै आदर्श गाउँपालिकाका लागि अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडाध्यक्षमा २१, खुल्ला सदस्यमा ३९, महिला सदस्यमा २१ र दलित महिला सदस्यमा १९ गरी एक सय आठ उम्मेदवार प्रतिस्पर्धामा छन । यस गाउँपालिकामा ७ वडा रहेका छन् ।

७ वडा रहेको के आई सिंह गाउँपालिकाको अध्यक्षका लागि ६ र उपाध्यक्षका लागि पाँच जना चुनावी मैदानमा छन । यस्तै वडाध्यक्षका लागि ३२, खुल्ला सदस्यका लागि ५९, महिला सदस्यका लागि ३१ र दलित महिला सदस्यका लागि ३२ गरी जम्मा एक सय ६८ उम्मेदवारहरु रहेका छन ।

यस्तै ७ वडा रहेको बोगटान गाउँपालिकाको अध्यक्षका लागि चार, उपाध्यक्षका लागि तीन, वडाध्यक्षका लागि २४, खुल्ला सदस्यका लागि ४४, महिला सदस्यका लागि २२ र दलित महिला सदस्यका लागि २१ गरी एक सय १८ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय डोटीको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment