+
+
Shares

‘इद होलिडे’मा साउदी अरबमा भलिबल प्रतियोगिता

'यसपालीको इद होलिडे मनाउदै, भलिबल खेल्दै रमाउँदै'

 नमराज लामिछाने नमराज लामिछाने
२०७४ असार ७ गते १८:०१

२१ जून, साउदी अरब । मुस्लिम समुदायको पवित्र महिना रमादान इद छुट्टीको अवसरमा नेपालीहरुको रोजगारीको दोश्रो गन्तव्य मुलुक साउदी अरबमा विभिन्न खेलकुदका कार्यक्रमहरु हुने भएको छ ।

विभिन्न राजनीतिक पार्टीका भातृ संगठन तथा यहाँका सामाजिक संघसस्थाहरुले बिदालाई सदुपयोग गर्ने हेतुले कार्यक्रमहरु राख्दै आउने गरेको पाइन्छ ।

‘यसपालीको इद होलिडे मनाउदै, भलिबल खेल्दै रमाउँदै’ भन्ने मुल नाराका साथ नेपाली काँग्रेसको विदेशस्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति साउदी अरबले पनि २५ जून २०१७ इदको दिन पारेर एक बृहत भलिबल कार्यक्रम राख्दै छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ९५,००० नेपाली रुपैयाँ द्धितीय पुरस्कार ६८,००० नेपाली रुपैयाँ र तृतीय पुरस्कार ४१,००० नेपाली रुपैयाँ र साथमा कप, मेडल र प्रमाणपत्र साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्लक्र, उत्कृष्ट डिफेन्स, अनुशासित टिमलाई समेत पुरस्कार दिने व्यबस्था रहेको समितिका सभापति दिपक रेग्मीले बताए।

खेलकुदबाट बचेको रकम नेपालमा भइपरी आउने दैविक प्रकोपमा सहयोग गरिने जानकारी दिदै समितिका खेलकुद संयोजक नारायणप्रसाद भट्टराईले खेलकुदका सबै तयारीहरु भइसकेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?